• १३ वैशाख २०८१, बिहिबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

blog

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको मन्त्रिपरिषद् बैठक । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, माघ २३ गते । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले बैठक जारी रहेको जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो ।

रास्वपाबाट मन्त्री बन्नुभएका तीन जनाले हिजो (आइतबार) प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउनुभएको थियो ।