• ८ वैशाख २०८१, शनिबार

राष्ट्रपतिमा कांग्रेसलाई सबैले सहयाेग गर्छन्: कांग्रेस सहमहामन्‍त्री यादव

blog

साविक ढल्केवब गाविसका पूर्व प्रधानपञ्च कुलबहादुर स्याङ्गदनको श्रद्धाञ्जलि दिनुहुँदै सहमहामन्त्री महेन्द्र यादव । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, माघ २३ गते । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अब बन्ने राष्ट्रपति नेपाली कांग्रेसको हुने बताउनुभएको छ । सोमबार धनुषाको ढल्केवरमा पूर्व प्रधानपञ्च कुलबहादुर स्याङ्गदनको श्रद्धाञ्जलि सभामा अहिलेको राजनीतिक घटना क्रमलाई जोड्दै उहाँले अब बन्ने राष्ट्रपति नेपाली कांग्रेसको हुने दाबी गर्नुभयो । 

कांग्रेसबाट राष्ट्रपति बनाउन नेकपा एमालेबाहेक अन्य राजनीति दल सहमत रहेको बताउँदै सहमहामन्त्री यादवले सहमतिबाट नभए चुनावी प्रक्रियाबाट भए पनि नेपाली कांग्रेसकै तर्फबाट राष्ट्रपति बन्ने भन्नुभयो । 

अहिले कांग्रेस विना नेपाली राजनीतिको विकल्प छैन । त्यसैले हामीले भनेका छौं । राष्ट्रिय सहमति गरेर राष्ट्रपति कांग्रेसलाई दिनुस् । कांग्रेसको तर्फबाट राष्ट्रपति बनाउन नेकपा माओवादीलगायत अन्य राजनीतिक दल सहमत छन, उहाँले भन्नभयो । 

उहाँले प्रसङ्ग बदल्दै भन्नुभयो, नेपालको ठूलो राजनीतिक दल नेपाली कांग्रेसलाई बाहिर राख्दा सरकार र सदन दुबै चल्न सक्दैन । हामी मान्छौं सरकार गठनमा कांग्रेसबाट त्रुटि भएको छ । कांग्रेसको तर्फबाट राष्ट्रपति बन्छ, त्रुटि सुधार गर्दै पार्टीलाई लिकमा ल्याउँछौँ ।