• १२ वैशाख २०८१, बुधबार

मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिनु हुने

blog

फाइल तस्बिर

अविनाश चौधरी
धनगढी, माघ २३ गते ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले माघ २५ गते विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । ‘‘सो बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिनुहुनेछ,’’ उहाँले भन्नुभयो ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । यसरी दुई वा सोभन्दा बढी दलहरुको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै सदनबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । उहाँले माघ २६ गतेभित्रै विश्वासको मत लिनुपर्नेछ ।

मुख्यमन्त्रीले बुधबार बिहान ११ बजे विश्वासको मत लिनुहुने नेकपा (एमाले) का प्रदेश सचिवसमेत रहनुभएका प्रदेश सभा सदस्य धर्मराज पाठकले बताउनुभयो । उहाँले सत्ता साझेदार सबै दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने उल्लेख गर्नुभयो । नेकपा (एमाले) का रावल सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । बीचमा नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नभएसम्म विश्वासको मत नदिने जिकिर गर्दा मुख्यमन्त्री केही दिन अलमलिनुभएको थियो ।