• ६ वैशाख २०८१, बिहिबार

मोटरसाइकल दुर्घटना : थप उपचारका लागि घाइतेलाई काठमाडौं पठाइयो

blog

मोटरसाइकल दुर्घटनामा परी घाइते भएकालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइँदै । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, माघ २३ गते  ।
 सर्लाहीको हरिवनमा आइतबार राति मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका दुई जनालाई सोमबार बिहान थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । 

आइतबार राति ९ः४० बजे हरिवन नगरपालिका–९, दनुवारी चोकस्थित भित्री सडकमा प्रदेश २–०३–०१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बागमती नगरपालिका–११, कर्मैयाका ४२ वर्षीय सूर्यप्रसाद घिमिरे र ३५ वर्षीय राजन श्रेष्ठ गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ । घिमिरे मोटरसाइकल चालक र श्रेष्ठ मोटरसाइकलको पछाडि सवार हुनुहुन्थ्यो ।

उहाँहरूलाई नमुना अस्पताल हरिवनमा सामान्य उपचारपश्चात् सोमबार बिहान ११ः३५ बजे मनाङ एयरको हेलिकोप्टरबाट थप उपचारका लागि ग्राण्डी अस्पताल काठमाडौं लगिएको हो ।

चिकित्सकले घाइतेलाई तत्काल काठमाडौं पठाउन सल्लाह दिएपछि हेलिकोप्टर चार्टर गरेर काठमाडौं पठाइएको जानकारी परिवारले दिएका छन् ।