• ७ वैशाख २०८१, शुक्रबार

राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

blog

राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको नेकपा (माओवादी केन्द्र)का सांसद उर्मिला अर्याल । तस्बिर : केशब गुरुङ

काठमाडौं, माघ २३ गते । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का सांसद उर्मिला अर्याल निर्वाचित हुनुभएको छ ।

सोमबार बिहान बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो ।

अर्यालले आइतबार नारायणकाजी श्रेष्ठको प्रस्ताव तथा देवेन्द्र दाहाल र खिमलाल देवकोटाको समर्थकमा उम्मेदवारी दर्ता गर्नुभएको थियो ।