• १६ चैत २०८०, शुक्रबार

मेरी प्यारी हजुरआमा

blog

कस्तो छ होला कुन्नी

त्यो बादल पारिको देश ।

याद गर्छु तिमीलाई सधैँ

थियौ तिमी निकै विशेष ।


गाह्रो थियो त्यो पल हजुरआमा

जब तिमीले छाडी गयौ

त्यस दिनदेखि तिमी सधैँ

हाम्रो मनमा रही रह्यौ ।


तिम्रो सबै याद अँगाली

हामी राम्ररी बाच्या छाँै ।

आशा छ तिमीलाई पनि

भगवान्ले सुखसँग राख्या छन् ।


तिमीलाई अँगाल्न तिमीसँग बोल्न

अनि कुरा गर्न चाहन्छु ।

हजुरआमा कहिलेकाहीँ

तिम्रो मृत्यु अपनाउन नसक्दा

म हरपल आत्तिन्छु ।