अपडेटः तीन छात्राको शव एकै दुपट्टामा

भीमदत्तनगर, ३० चैत । महाकाली नदीमा हामफालेकामध्ये तीन छात्राको शव दार्चुलाको दत्तु गाविस क्षेत्रमा भेटिएको छ ।

तिनको खोजीमा जुटेका सशस्त्र प्रहरी निरीक्षक देवसिंह ठगुन्नाले दत्तु–४ मा महाकाली पारी भारततर्फ बालिका एवं किशोरीको शव भेटिएको जानकारी दिनुभयो । “तीन जनाले एकअर्काको हातमा एउटै दुपट्टाले बाँधेर हामफालेका रहेछन्”, ठगुन्नाले भन्नुभयो ।
भारततर्फ भेटिएकी छात्राको शव नेपालतर्फ ल्याउन टोली खटिएको छ । चार जनाले सामूहिक रुपमा दुपट्टाले हात बाँधेर हाम फालेको र महाकालीमा बग्ने क्रममा एक जना छुट्टिएको हुन सक्ने प्रहरीले जनाएको छ । मृतावस्थामा भेटिएकी केटीको पहिचान खुल्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ । हराएकी अर्की केटीको खोजी भइरहेको छ ।

आज बिहान आफू अध्ययनरत राष्ट्रिय उमावि दत्तुमा वार्षिक परीक्षाको नतिजा लिएर घर फर्किने क्रममा दत्तु गाविस–२ की कक्षा ७ मा अध्ययनरत ममता चुनारा, कक्षा–७ मै अध्ययनरत १४ वर्षीया पूजा कोली, कक्षा ६ मा अध्ययनरत १२ वर्षीया नितु लोहार र कक्षा ६ मा अध्ययनरत नाम नखुलेकी १३ वर्षीया किशोरी महाकालीमा हामफालेका थिए । महाकालीमा हाम फाल्नेमध्ये एक उत्तीर्ण र बाँकी तीन अनुत्तीर्ण भएका थिए । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना