सार्वजनिक यातायातका सह–चालक १४ बालकको उद्धार

काठमाडौ, वैशाख ६ गते । श्रम कार्यालय बागमतीले बालश्रम ऐनविपरीत सार्वजनिक यातायातमा सह–चालकका रूपमा कार्यरत १६ वर्ष मुनिका १४ जना बालकलाई उद्धार गरिएको छ । उपत्यकामा सञ्चालित बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधनलगायतका साधनमा बालश्रमरहित बनाउने अभियानअन्तर्गत ती बालकको उद्धार गरिएको हो ।
श्रम कार्यालय बागमतीका कार्यालय प्रमुख उदयकुमार गुप्ताको नेतृत्वमा सुरु गरिएको अनुगमनका क्रममा ती बालकलाई उद्धार गरी संरक्षण तथा उचित व्यवस्थापनका लागि केन्दीय बालकल्याण समितिमार्फत विभिन्न संस्थामा पठाइएको छ ।
बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ अनुसार सार्वजनिक यातायातमा बालबालिकालाई श्रममा लगाउनु हुँदैन । श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्थाहरुको सहकार्यमा काठमाडौं उपत्यकामा सञ्चालित सर्वाजनिक यातायात (बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधनलगायत) का साधनहरुमा बालश्रम रहित बनाउने अभियान मंगलवारदेखि २०७५ साल वैशाख ५ गते देखि पुरानो बसपार्कबाट सुरु गरिएको छ ।
श्रम कार्यालयका प्रमुख अनुगमन संयोजक गुप्ताले अभियानको पहिलो दिन १८४ वटा सवारी साधनमा अनुगमन गरी सचेतना मुलक स्टीकर टाँसिएको र ती सवारी साधनहरुबाट सह–चालकका रुपमा कार्यरत १६ वर्ष मूनिका १४ जना बालकलाई उद्धार गरिएको जानकारी गराउनुभयो । यो अभियान आइतबारसम्म सञ्चालन रहनेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds