• ६ चैत २०८०, मङ्गलबार

प्रधानमन्त्री प्रचण्डसँग नेकपा महासचिव विप्लवको भेटवार्ता

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुहुँदै नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायत नेता । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, माघ २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भेट गर्नुभएको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर विप्लवले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको हो । 

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।  प्रधानमन्त्रीसँग भेट गर्न महासचिव विप्लव नेता खड्गबहादुर विश्वाकर्मासहित बालुवाटार पुग्नुभएको हो ।