• १६ चैत २०८०, शुक्रबार

गोरखापत्रकर्मी तुम्बापो सम्मानित

blog

सम्मान ग्रहण गर्नुहुँदै गोरखापत्रका पाँचथर समाचारदाता नारायण तुम्बापो । तस्बिर : राधा लुइँटेल

राधा लुइटेल
फिदिम, माघ २२ गते ।
गोरखापत्र दैनिकका पाँचथर समाचारदाता नारायण तुम्बापो सम्मानित हुनुभएको छ । प्रेस चौतारी नेपाल पाँचथरले तुम्बापोसहित आठ जना सञ्चारकर्मी र पूर्व सञ्चारकर्मीलाई सम्मान गरेको हो ।

प्रेस चौतारी पाँचथरको पूर्व अध्यक्षसमेत रहनुभएका तुम्बापोलाई लामो समयदेखि सञ्चारकर्ममार्फत जिल्लाको सामाजिक र राजनैतिक परिवर्तनका लागि भूमिका खेलेको भन्दै सम्मान गरिएको हो ।

तुम्बापोसँगै प्रेस चौतारी पाँचथरका पूर्व अध्यक्ष युधिष्ठिरराज आमगा र तुलसी थापा पनि सम्मानित हुनुभएको छ । उहाँहरुलाई नेकपा एमालेका जिल्ला अध्यक्ष राजकुमार भण्डारीले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर फिदिममा आयोजित कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो । स्थापना दिवसमा प्रेस सम्द्धब विभिन्न सङ्घ संस्थाका प्रमुख र पदाधिकारीहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यस्तै, शाखाकी पूर्व सचिव शान्तिदेवी राई र सदस्यहरु दिलकुमारी तामाङ, रमेश थापा, सागर खनाल र सहमान विश्वकर्मालाई चौतारीले सम्मान गरेको छ ।

प्रेस चौतारी पाँचथरले यसअघि दिवंगत हुनुभएका संस्थापक सह संयोजक चन्द्र पोखरेल र सदस्य रामबहादुर गुरुङको स्मृतिमा पाँच लाख राशीको अक्षय कोष घोषणा गरेको छ ।

अक्षयकोषबाट प्राप्त ब्याजले वार्षिक रुपमा दुई जना पत्रकारलाई सम्मान र प्रोत्साहन गरिने शाखा अध्यक्ष रवीन्द्र काफ्लेले बताउनुभयो ।