पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण निःशुल्क

सरोज ढुङ्गेल

काठमाडौँ, वैशाख ४ गते । सरकारले महिलाको पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण निःशुल्क रूपमा गर्ने अभियान सुरु गरेको छ ।  सरकारले पाँचौँ सुरक्षित मातृत्व दिवसको अवसर पारेर शिक्षण अस्पतालबाट सोमबार पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण सुरु गरेको हो । यसबाहेक सरकारले २०७५ सालभरि सुरक्षित मातृत्वसम्बन्धी विशेष अभियान गर्ने घोषणासमेत गरेको छ । शिक्षण अस्पताल परिसरबाट निःशुल्क पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण गरेर सो अभियान सुरु गरिएको हो ।
स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले सुरक्षित मातृत्व विशेष अभियानको घोषणा गर्दै पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबाहेक फिस्टुला र क्यान्सर भए नभएको निःशुल्क परीक्षण गरिने जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अग्रसरतामा सुरु हुन लागेको अभियानअन्तर्गत वैशाख, जेठ र असार महिनाभर सबै अस्पतालबाट पाठेघरको मुख र स्तन क्यान्सर परीक्षण गरिनेछ । त्यसमा फिस्टुला र क्यान्सर भए नभएको परीक्षण गरिनेछ । राज्यमन्त्री अर्यालका अनुसार साउन, भदौ र असोज महिनामा सबै पालिका (स्थानीय निकाय) हरूमा सुरक्षित मातृत्व कोष स्थापना गर्ने र यो कोषको रकम आकस्मिक प्रसूति सेवामा प्रयोग गरिनेछ । patheghar

राज्यमन्त्री अर्यालले कात्तिक, मङ्सिर पुस महिनामा सुरक्षित मातृत्वसम्बन्धी किशोरकिशोरीदेखि नै जनचेतना फैलाउन देशव्यापी निबन्ध तथा वत्तृmत्वकला प्रतियोगिता सञ्चालन गरिने जानकारी पनि दिनुभयो । यस्तै माघ फागुन चैत महिनामा सार्वजनिक विद्यालयमा अध्ययनरत किशोरीहरूलाई महिनावारी हँुदा लगाउने स्यानिटरी प्याड वितरण गरिने बताउनुभयो ।
नेपालले मातृमृत्युदरमा सहस्राब्दी लक्ष्य हासिल गरे पनि पछिल्लो समय लक्ष्यअनुसार भने मातृमृत्युदर घट्न सकेको छैन । नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धताबमोजिम सन् २०३० सम्ममा मातृमृत्युदर प्रतिलाख ७० मा झार्नुपर्ने हुन्छ । हाल नेपालमा मातृमृत्युदर २३९ रहेको छ । अन्तर्राष्ट्रिय मान्यताअनुसार सन् २०१७ मा मातृमृत्युदर एक सय ७० मा झार्नुपर्ने थियो । स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले सुरक्षित मातृत्व महिला सशक्तीकरणको दरिलो
पाटो भएको बताउनुभयो ।  स्वास्थ्य मन्त्रालय नीति योजना प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ गरिबी तथा जनचेतनाको कमीले गर्दा पनि नेपालमा मातृमृत्युदर लक्ष्य अनुसार घटाउन नसकिएको बताउनुहुन्छ । उहाँले सन् १९९० मा प्रतिलाख मातृमृत्युदर ५३९ रहेकोमा अहिले घटेर २३९ मा आउनु सकारात्मक रहेको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना