• १५ चैत २०८०, बिहिबार

शङ्कर थापाको ‘तिम्रै हुनेछुु’

blog

काठमाडौँ, माघ २२ गते । भ्वाइस अफ नेपाल सिजन ४ का प्रतियोगी गायक मिङसोहाङ लिम्बूले आफ्नो पहिलो डेब्यु म्युजिक भिडियो ‘तिम्रै हुनेछु’ सार्वजनिक गर्नुभएको छ। 

प्रेमिल शैलीको गीतमा गायक लिम्बूलाई गायिका ममता गुरुङले स्वरमा साथ दिनुभएको छ। गीतलाई गीतकार डीपी खनालले लेख्नुभएको हो भने सङ्गीतकार शङ्कर थापा ‘स्माइल’ले सङ्गीतबद्ध गर्नुभएको हो। विश्व अधिकारीको गीतमा सङ्गीत संयोजन रहेको छ।  म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र विमला लिम्बूबीचको प्रेम कथालाई प्रस्तुत गरिएको छ।  

बुद्ध थापाले छायाङ्कन गर्नुभएको भिडियोलाई दिन्शन शाहले सम्पादन गर्नुभएको हो। दीपक तुम्बापो निर्माता रहनुभएको भिडियोलाई केशवराज भाटको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘डि मिङ्सो म्युजिक’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।