• १२ वैशाख २०८१, बुधबार

पत्रकार सुमनको सम्झनामा फुटबल प्रतियोगिता

blog

प्रतियोगिताको उदघाटन गर्दै स्वर्गीय मल्लकी आमा गंगादेवी मल्ल र छायाँनाथ रारा नगरपालिका नगरप्रमुख विष्णुकुमार भाम । तस्बिर : गोरखापत्र

हरिकृष्ण ऐडी

मुगु, माघ २२ गते । मुगुको सदरमुकाम गमगढीमा स्वर्गीय पत्रकार सुमन मल्लको  सम्झनामा पहिलो सुमन मल्ल स्मृति पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।

पत्रकार महासंघ शाखा मुगुका पुर्व अध्यक्ष  एवं सुइना नाटकका लेखक स्वर्गीय मल्लको स्मृतिमा पत्रकार महासंघ शाखा कार्यालय मुगुको आयोजना र रारा छायाँनाथ मिडिया प्रालिको संयोजनमा फुटबल प्रतियोगिता सुरु भएको हो ।

गमगढीस्थीत नमुना महाकाली माध्यामिक विद्यायमा भएको प्रतियोगिताको उदधाटन  स्वर्गीय मल्लकी ७५ वर्षिया आमा गंगादेवी मल्लले  गर्नुभएको थियो । पत्रकार महासंघ शाखा कार्यालयका संस्थापक अध्यक्ष विनोद कुमार मल्लले जिल्लामा पहिलोपटक स्वर्गीय सञ्चारकर्मी सुमन मल्लको सम्झनामा जिल्लाको खेलकुद क्षेत्रको विकाससँगै नयाँ खेलाडी उत्पादनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले जिल्लामा श्रमजीवी पत्रकार समुन मल्लले जिल्लामा  उदाहरणीय कार्य गरेकाले उहाँको सम्झना स्वरूप यो मैत्रीपूर्ण फुटबल आयोजना गरिएको बताउनुभयो । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जिल्लाका  निजामती टिम, उधोग वाणिज्य महासंघ मुगु टिम,राजनीतिक दल टिम र पत्रकार टिम सहभागिता रहेको छ । 

पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र मल्लले स्वर्गीय मल्लको सम्झनामा संस्थागत गर्नलाई  आगामी वर्षमा प्रतियोगिता राखिने बताउनुभयो । शनिबारदेखि सुरु भएको प्रतियोगिता तीनसम्म संचालन  हुनेछ ।

लामो समयदेखि बिरामी रहेका सुमनको गत वर्ष वैशाखमा निधन भएको थियो । मल्लका आमा, श्रीमती, दुई छोरी, एक छोरा हुनुहुन्छ । पारिवारिक आर्थिक अवस्था कमजोर रहेकाले मल्लको परिवारको दैनिक जीवन कष्टकर रहेको छिमेकी गोरख बहादुर मल्लले भन्नुभयो ।