• १६ चैत २०८०, शुक्रबार

कोसीमा घट्दै जलपन्छी

blog

इनरुवा समाचारदाता 

इनरुवा, माघ २२ गते । सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको कोसीटप्पु वन्यजन्तु आरक्षमा चराको सङ्ख्या घटेको छ। कोसीटप्पु तथा सेरोफेरोका सिमसार क्षेत्रमा ५६ प्रजातिका सात हजार ५७३ जलपन्छीको रहेकोमा चरा घटेको तथ्याङ्क सार्वजनिक भएको हो। आरक्ष क्षेत्रमा गरिएको चरा गणनाबाट यस्तो तथ्य खुलेको हो। 

लिसेर वेटलाइन डक एक हजार १६९, रुडि सेलडक ८७४, क्यटल इगर्ट ८३२, इन्डियन पाउन्ड हेरोन ५७९, ग्रि हेडेड लाउवाइङ ५१५ , लिटिल कोरमोरान्ट ४८९, ब्रोन्जेल विन्जेड जाकाना ४४१ थानसहित सात हजार ५७३ जलपन्छी रहेका छन्। आरक्षद्वारा जारी विज्ञप्तिमा जलपन्छीको सङ्ख्या उल्लेख गरिएको छ।  

गत वर्षको गणनाभन्दा यस वर्ष १.१९ प्रतिशतले चरा कमी भएको आरक्षले जनाएको छ। जलवायु परिवर्तन, चराको सिकारी, जल प्रदुषणका कारण चरा घटेको आरक्षका कामु संरक्षण अधिकृत रमेशकुमार यादवले जानकारी दिनुभयो।