• १३ वैशाख २०८१, बिहिबार

रास्वपाको बैठक सकियो : आइतबार बिहान अर्को बैठक बस्ने

blog

बैठकपछि पत्रकारसँग कुरा गर्दै रास्वपाका सांसद सन्तोष परियार । तस्बिर : कविन अधिकारी

काठमाडौं, माघ २१ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आकस्मिक बैठक सकिएको छ। वसुन्धरास्थित पार्टी मुख्यालयमा केन्द्रीय समिति र संसदीय दलको बैठकमा गठबन्धनसँगको सहकार्य, सत्ता साझेदारी, गृहमन्त्रालयको विषयमा छलफल भएको सांसद सन्तोष परियारले जानकारी दिनुभएको छ। 

बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषयमा समेत छलफल भएको  उहाँले जानकारी दिनुभयो। आइतबार बिहान साढे ११ बजे बस्ने अर्को बैठकले सत्ता साझेदारी र समसामयिक राजनीतिक घटनाका विषयमा निर्णय गर्ने उहाँको भनाइ छ ।

बैठकमा केही नेता उपस्थित हुन नसकेका कारण आइतबार अर्को बैठक बस्ने निर्णय भएको उहाँले जानकारी दिनुभएको हो।