• १५ चैत २०८०, बिहिबार

साताका सात तस्बिर

blog

काठमाडौंको मखन तरणीबहाल अगाडि ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका एक व्यक्तिलाई मङ्गलबार गाडीमा राखेर लाँदै काठमाडौं महानगर प्रहरी । काठमाडौं महानगरपालिकाले सडकमा यसरी बेचबिखन गर्न रोक लगाएको छ । तस्बिर : सूर्य पाण्डे


बेनी नगरपालिका–१ रत्नेचौर स्थित परम्परागत ढुङ्गेघर। सलक्क बान्की मिलाएर बनेका यस्ता घर पछिल्लो समय हराउँदै गएका छन्। तस्बिर: डम्मर बुढा मगर /रासस


जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोक र जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले शुक्रवार पनौती नगरपालिका  ७ स्थित क्षेत्रीय  रङ्गशालामा संयुक्त आयोजना गरिएको ‘बृहत् खेलकुद महोत्सव २०७९’ को उद्घाटन कार्यक्रममा खेल कौशल प्रदर्शन गर्दै खेलाडी। तस्बिर : पेमा लामा, रासस


रुकुम पश्चिम आठसिसकोट नगरपालिका–५ गोतामकोट। यहाँ अहिले सडक, खानेपानी, विद्युत र स्वास्थ्य सेवा पुग्दा सर्वसाधारण खुसी भएका छन्। तस्बिर : हेमन्त केसी/रासस


ललितपुर बागमती किनारमा बनाइएको पार्क क्षेत्रमा साइकलका पाङ्गा गुडाउँदै बालबालिका । तस्बिर : सागर बस्नेत


म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङकी रिता र ममसरा बिक पिठ्यूँमा बच्चा बोकेर गाउँमा निर्माणाधीन सडक आयोजनामा श्रमदान गर्दै। गाउँका धेरै पुरुषहरू बिदेसिएकाले विकास निर्माण र सामाजिक काममा महिलाको सहभागिता बढेको छ। तस्बिर: सन्तोष गौतम/रासस


हिमाली जिल्ला मुस्ताङको  मार्फा गाउँ र आडैमा रहेको सम्तेलिङ मार्फा गुम्बा।  तस्बिर : सुशीलबाबु थकाली