• १२ वैशाख २०८१, बुधबार

नेकपा एस केन्द्रीय कमिटी बैठक

माधव नेपालको २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

blog

नेकपा (एकीकृत समाजवादी) पार्टी केन्द्रीय कमिटीको पाँचौँ बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष माधवकुमार नेपाल । तस्बिर : नेकपा एकीकृत समाजवादी

काठमाडौं, माघ २१ गते । नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

ललितपुरको बालकुमारीमा शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक आइतबारसम्म चल्नेछ ।

बैठकमा शनिबार अध्यक्ष नेपालले २५ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा विभिन्न राजनीतिक आयामको चर्चा गरिएको छ ।

जसमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति र राजनीतिक शक्ति र विगत कार्ययोजना कार्यान्वयनको समीक्षा गरिएको छ ।