• १३ वैशाख २०८१, बिहिबार

द्वन्द्वकालीन मुद्दामा गौतमलाई जन्मकैद

blog

काठमाडौँ, माघ २० गते । द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले माओवादीका तत्कालीन नेता पुष्कर गौतमलाई जन्मकैदको सजाय हुने फैसला सुनाएको छ । उच्च अदालत पाटन (तत्कालीन पुनरावेदन)को फैसला सदर गर्दै सर्वोच्चले जन्मकैदको सजाय सुनाएको हो । 

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासले माघ ९ गते गौतमलाई जन्मकैद गर्ने तल्लो अदालतको फैसला सदर गरेको हो । जिल्ला अदालत ओखलढुङ्गाले पनि गौतमलाई जन्मकैदको सजाय सुनाएको थियो । 

सर्वोच्चले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छैन । २०५५ असार १० गते स्थानीय उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा गौतममाथि मुद्दा चलाइएको थियो । जिल्ला र उच्चको आदेशउपर चित्त नबुझाउँदै गौतमले २०७२ सालमा सर्वोच्चमा पुनरावेदन गर्नुभएको थियो । गौतमलाई जिल्लाकै फैसलाअनुसार २०७१ वैशाख २९ मा पक्राउ गरी केन्द्रीय कारागारमा राखिएको छ ।