स्वतन्त्र मधेशको कुरा गर्ने समाप्त भएर जाने : शुक्ला

Sarbendra-sukla1विराटनगर मङसिर २२ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्र नाथ शुक्लाले स्वतन्त्र मधेशको कुरा गर्नहरु समाप्त भएर जाने बताउनुभएको छ । उहाले स्वतन्त्र मधेशको माग राख्दै शशस्त्र आन्दोलन गर्ने मधेशका भुमिगतसमुहहरु जस्तै अरुपनि समाप्त भएर जाने दावी गर्नुभयो । विराटनगरमा सोमवार पत्रकारहरु संगको भेटघाटमा तमलोपाका प्रवक्ता समेत रहनुभएका शुक्लाले यस्तो बताउनुभएको हो । उहाले भन्नुभयो,– स्वतन्त्र मधेशको मुद्दा बोकने ९० प्रतिशत भुमिगत समुहहरु समाप्त भइसकेको छ , अरुको पनि निश्चितरुपमा समाप्ती हुने छ।‘ उहाले द्वन्द्व र विभेद रहित संविधान निर्माणको लागि दलहरु विच सहमतिको आवश्कता रहेको चर्चा गर्नुहुदै भन्नुभयो–‘ त्यसकालागि दलहरुलाई लचकता अपनाउनु पर्ने वेला आएको छ ।‘ दलहरुले निर्धारण गरेको संविधान जारी गर्न मिति माघ ८ बैज्ञानिक नभई भावनात्मक मात्र रहेको तोकिएको समयमा संविधान जारी नहुने उहाले बताउनु भयो । उहाले दलहरु न्युतमसहमति गरेर भएपनि संविधानको अन्तरवस्तुमा सहमित गरेर माघ ८मा संविधानको मस्यौदा लियाउने तयारीमा जुटेको बताउनुभयो । उहाले दलहरुले गम्भिर भएर माघ ८मा संविधानको मस्यौदा ल्याउन सक्रिय भएकाले मस्यौतामा विवादित सवै संविधानका अन्तरवस्तुलाई समिटने ग्रिहकार्य सुरु भएको विचार व्यक्त गर्नुभयो । दलहरु बिच विश्वासको बतावरण बन्दै गएको दावी गर्नुहूदै उहाले भन्नुभयो–‘ द्वन्द्व र विभेद रहित संविधान निर्माण गर्न दलहरु सहमति गर्न लचकता अपनाउन थालेको छ । ‘उहाले सघियता विनाको संविधानको परिकल्पना समेत गर्न नसकिने बताउदै सवै भन्दा विवादित विषयको रुपमा रहेको राज्यपुर्नरसंरचनाको मुद्दामा दलहरु नजिक पुगेको समेत जानकारी दिनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना