राजदूत मायाकुमारीलाई फिर्ता बोलाउन गरेको निर्णय सदर

काठमाडौँ, २९ चैत । सर्वोच्च अदालतले कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई फिर्ता बोलाउन गरेको निर्णय सदर गरेको छ ।

प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र ओमप्रकाश मिश्रको संयुक्त इजलासले राजदूत शर्माले सरकारी निर्णयविरुद्ध दायर गर्नुभएको रिटलाई आज खारेज गरेको हो ।

तत्कालीन राजदूत शर्माले पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएको भन्दै सरकारले उहाँलाई फिर्ता बोलाएको थियो । उहाँले २०७० साल असोज १४ गते सरकारी निर्णयविरुद्ध मुद्दा दायर गर्नुभएको थियो ।

एकीकृत नेकपा (माओवादी) नेतृत्वको सरकारले २०६८ साल चैत २२ गते डा शर्मालाई कतारका लागि नेपाली राजदूत नियुक्त गरेको थियो । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारले २०७० साल असोज १० गते उहाँलाई फिर्ता बेलाएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना