सवारी साधन सहित करोडौंको काठ सड्दै

बुद्धवीर राई इलाम, मङ्सिर २२ गते । दक्षीणी सेक्टर वन अन्तरर्गत गजुरमुखी इलाका वन कार्यालयले विभिन्न चरणमा बरामद गरेको सवारी साधन सहति ५ हजार २२० क्यूफिट काठ लिलाम विक्रि नहुँदा सड्ने अवस्थामा पुगेको छ । २०६८÷६९ देखि हालसम्म कार्यालयले बरामद गरेको मुद्धातर्फको ५ हजार २२० क्यूफिट बहुमुल्य प्रजती सालको काठ सढ्ने अवस्थामा पगेको हो ।
मुद्धा बाहेकका बरामदी काठ तथा सवारीसाधनको अवस्था उस्तै छ । काठ तस्करीमा प्रयोग गर्दा प्रयोग हुदै आएका बरामदी साईकल, मोटरसाईकल, ट्याक्टर, पिकअप र ट्रकलगायतको सवारी साधन जीर्ण बनेको छ ।
मुद्धा तर्फका १ वटा बस, १ ट्रक, ५ वटा ट्रयाक्टर, १ वटा पिकअप २ वटा मोटरसाईकल र २ वटा साईकल जिर्ण बन्दै गएको छ । करिब ७० लाख रुपियाँ बराबरको काठ सड्ने अवस्थामा छ । मुद्धा विनाका सवारीसाधनसमते छन् । जिल्ला वन कार्यालय र अदालतबाट मुद्धाको फैसला ढिला भईरहेको छ ।
दक्षीणि सेक्टर अन्तर्गछ इलाका वन कार्यालयमार्फत जिल्ला वन कार्यालय र जिल्ला अदालतमा काठ तस्करीको अभियोगमा ३६ वटा मुद्धामा १४८ जना विरुद्धमा मुद्धा दायर भएको छ । अदालत तथा जिल्ला वन कार्यालयबाट मुद्दा फैसला ढिलो हुँदा बरामदी सामानको लिलाम विक्रिमा समस्या भएको इलाका वन कार्यालय दानावारीका सहायक वन अधिकृत वाशिष्ठ नारायण चौधरीले बताउनुभयो ।
वन कार्यालयले २०६७÷६८ मा बरामद गरेको साल, सिसौलगायत विभिन्न बहुमुल्य प्रजातिको रुखको गोलिया तथा चिरानका एक हजार ११० थान (एक हजार ३३५ क्यूफिट) काठ सढ्ने अवस्थामा पुगेको छ ।
अर्थिक बर्ष २०६८÷६९ मा बरामद गरिएको एक हजार १९० थान ( ३ हजार ५७७ क्यूफिट ) काठ वन कार्यालयको परिसरमै थन्किएको छ । त्यस अवधिमा नियन्त्रणमा लिईएको एउटा ट्रक, एउटा महेन्द्र पिकअप, चार वटा ट्याक्टर र दुई थान मोटरसाईकल इलाका बन कार्यालयको परिसरमा थन्किएको सहायक वन अधिकृत चौधरीले बताउनुभयो ।
कार्यालय परिषरमा रहेका काठ तथा सवारी साधनको वास्तविक मुल्य कति हो भन्ने तथ्याङ कार्यालयमा छैन । सवारी साधन सहित कार्यालयमा पाँच करोड भन्दा बढीको सामान रहेकोे सहायक वन अधिकृत चौधरीले जानकारी दिनुभयो ।
अदालत तथा जिल्ला बन कार्यालयमा दर्ता भएको मुद्धा फैसला हुन ढिलाई भएका कारण काठ तथा सवारी साधन नसिने अवस्थामा पुगेको सहायक बन अधिकृत चौधरीले बताउँनुभयो । कार्यालयमा पाँच वर्षदेखीको काठ तथा सामानहरु छन् । कतिपय जिल्ला अदालतबाट मुद्धा फैसला भएपनि माथिल्लो अदालत जाने भएकाले प्रक्रिया लामो हुने गरेको छ ।
तस्करीको क्रममा बराबद गरिएको कतिपय काठ भने बरामद गरिएकै ठाउँमा रहेको छ । स्थानीय सामुदायिक बनका पदाधिकारी वा स्थानीयलाई त्यस्तो काठको जिम्मा लगाइएको छ । खुल्ला ठाउमा भएका काठ घाम पानीकै कारणले नष्ट हुने अवस्थामा पुगेका छन् । प्रक्रिया पुरा गरेका कतिपय काठहरुभने जिल्ला वन कार्यालयले आपुर्ति समितिको निर्णय अनुसार वितरण हुने गरेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना