बाढी पिडितको नाममा व्यापक बन अतिक्रमण

नेपालगन्ज, मंसिर २२ गते । बाढी पीडितहरुको नाममा बाँकेको फत्तेपुर, मटेहिया र बिनौना गाबिसका १० वटा सामुदायिक बन क्षेत्र अतिक्रमण गरी ११ सय बढी अवैध घर टहरा बनाईएको छ । 

जिल्ला वन कार्यालय बाँकेका प्रमुख जयमंगल प्रसादले दिनु भएको जानकारी अनुसार शुरुमा केही वास्तविक बाढी पिडितलाई अर्को ब्यबस्था नभएसम्मका लागि सामुदायिक बनमा बस्न दिईएपछि उनिहरुकै बहानामा दिनदिनै बन अतिक्रमण गरी घर टहरा बनाउने कार्य बढेको छ ।
सो क्रम बढ्दै जाँदा अहिले बाढीपिडितको नाममा राप्तीपारीका १० वटा सामुदायिक बन क्षेत्रमा अतिक्रण गरी १ हजार १ सय ३५ बढी अवैध घरटहरा बनाईएको र अझै अतिक्रमण जारी रहेको प्रमुख प्रसादले बताउनु भयो ।
बन अतिक्रमण रोक्ने तर्फ बन कार्यालय र स्थानिय प्रशासनले चासो नदिएका कारण नै जिल्लाका फत्तेपुर, मटेहिया र बिनौना गाबिसका १० वटा सामुदायिक बनको २ सय ६० हेक्टर बन अतिक्रमण गरी १ हजार १ सय ३५ वटा अवैध टहरा निर्माण भइसकेको स्थानीयले बताएका छन् ।
उता, जिल्ला बन कार्यालयले भने अतिक्रमण गर्नेलाई केही राजनितिक दलको सहयोग रहेकाले समस्या भएको जनाउदै आएको छ ।
बाढी पीडितको नाममा बाके जिल्लाको पूर्वी क्षेत्रमा भइरहेको ब्यापक वन अतिक्रमणलाई रोक्न पुनराबेदन अदालत बाँकेले समेत जिल्ला बन कार्यालय बाँकेलाई केही दिन अघि आदेश दिएको थियो । तर, आदेशको पालनामा कुनै कदम नचालिंदा अतिक्रमण बढ्दै गएको बताईएकोे छ ।
यसैविच बाँकेका प्रमुख जिल्ला अधकारी वेद प्रकाश लेखकको अध्यक्षतामा भएको एक बैठकले बाढीपिडितको नाममा राप्तीपारीका १० वटा सामुदायिक बन क्षेत्रमा अतिक्रण गरी बनाईएका १ हजार १ सय ३५ अवैध घरटहरा भत्काउने निर्णय गरेको जनाएको छ । सो निर्णय पछि अतिक्रमण हटाउने बाटो खुलेको जनाउदै जिल्ला वन कार्यालय बाँकेले अब एक दुई दिनमै सामुदायिक बनमा अवैध रुपमा निर्माण गरिएका सबै घर टहरा सुरक्षाकर्मीको सहयोगले हटाउने तयारी गरेको छ ।
स्थानीय बासिन्दाहरुले संरक्षण गरी जोगाएको सामुदायिक बनमा बाढी पीडितको नाममा बन अतिक्रमण तिब्र भए पछि स्थानीय बासिन्दाले पनि हटाउन माग गर्दै आएका छन् ।
यसैबीच, वन बिभागका सह सचिब तथा सामुदायिक वन महाशाखाका प्रमुख कृष्ण चन्द्र पोखरेल सहितको एक टोलीले बाँकेके बन अतिक्रमण क्षेत्रको स्थलगत भ्रमण गरेर अवस्था बुझ्ने काम गरेको छ ।
बन अतिक्रम गर्ने होडबाजी भइरहे पनि रोक्ने तर्फ हालसम्म कुनै प्रयास नभएका कारण बन अतिक्रमणको अवस्थाका बारेमा अध्ययन गर्न बिभागले खटाएको टोली प्रमुख पोखरेलले बताउनु भएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना