• ८ वैशाख २०८१, शनिबार

मधेश प्रदेशका भौतिक पूर्वाधारमन्त्री यादवद्वारा पदभार ग्रहण

blog

पदभार ग्रहण गर्नुहुँदै मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा
धनुषा, माघ १३ गते ।
मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्नुभएको छ । नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता समेत रहनुभएको भौतिकमन्त्री यादवले आज (शुक्रबार) पदभार ग्रहण गर्नुभएको हो ।

मन्त्री यादवलाई मन्त्रालयका प्रदेश सचिव कृष्णकुमार मिश्रले पदभार ग्रहण गराउनुभयो । पदभार ग्रहण गर्नुहुँदै मन्त्री यादवले यातायात कार्यालयमा सेवाग्राहीको चाप देखिएको र विचौलियाबाट ठगिने गरेका गुनासो पटक–पटक सुनिदै आएको बताउनुभयो । सेवाग्राहीको सहजताका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय मधेश प्रदेश मातहतका सबै यातायात कार्यालयमा आइतबारदेखि टोकण प्रणाली लागू गर्ने पहिलो निर्णय गरिएको जानकारी उहाँलेदिनुभयो ।

पदभार ग्रहणको समयमा उपस्थित सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै मन्त्री यादवले भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतमा सञ्चालनमा रहेको प्रदेशका गौरवका आयोजनाहरुको कामलाई पहिलो प्राथमिकतामा राखेर कामकाजलाई अगाडि बढाइने बताउनुभयो । उहाँले पदभार ग्रहण गरेको र अगामी दिनमा जनताको आवश्यकता अनुसारको योजना कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री यादवलाई मन्त्रालयका उच्चपदस्थ कर्मचारीले भव्य स्वागत गर्नुभएको थियो । मन्त्री यादवले मन्त्रालयका मातहतका प्रमुखहरुलाई कार्यालयबाट प्रवाह गरिने सेवालाई चुस्त दुरुस्त बनाउन निर्देशन दिनुभयो ।