• ७ वैशाख २०८१, शुक्रबार

फ्रान्समा प्राकृतिक प्रकोपको लागत २३ वर्षयताकै उच्च

blog

पेरिस, माघ १३ गते । प्राकृतिक प्रकोपका कारण गत वर्ष फ्रान्सेली बीमा कम्पनीहरूले १० अर्ब युरो (१०.९ अर्ब अमेरिकी डलर) को क्षति बेहोर्नुपरेको छ । यो दुई दशकमा सबैभन्दा उच्च क्षति हो ।

फ्रान्स एश्योरर्सकी अध्यक्ष फ्लोरेन्स लस्टम्यानले गत वर्ष आएको असिना, बाढी र खडेरीलाई उद्धृत गर्दै युरोप–१ रेडियोसँग भन्नुभयो, “यो बर्ष विपत्तिका कारण इन्सोरेन्स कम्पनीहरूले ठूलो क्षति व्यहोर्नुपरेको छ । 

प्राकृतिक प्रकोपका कारण विमा उद्योगले सन् २०१७ देखि सन् २०२१ को बीचमा प्रति वर्ष औसतमा ३।५ अर्ब यूरो खर्च गर्नुपरेको उहाँले बताउनुभयो । सन् १९९९ मा फ्रान्समा आएको आँधीबेहरीपछि सन् २०२२ को यो आँकडा सबैभन्दा बढी हो ।

बीमा महासङ्घले आगामी ३० वर्षमा प्राकृतिक प्रकोपबाट प्राप्त हुने रकम १४० अर्ब युरोभन्दा बढी क्षति हुने बताएको छ । पुनर्बीमा कम्पनी ‘स्वीस रि’ले गत डिसेम्बरमा प्राकृतिक र मानव सिर्जित विपत्तिका कारण सन् २०२२ मा विश्वभर २६८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको जनाएको थियो ।