• ६ चैत २०८०, मङ्गलबार

धीरज मगरको 'ज्याकी : आईएम ट्वान्टी वान' वैशाख २१ मा

blog

काठमाडौं, माघ १२ गते । अभिनेता धीरज मगर अभिनीत फिल्म 'ज्याकी : आईएम ट्वान्टी वान' आगामी वैशाख २१ गते रिलिज हुने भएको छ । 

रेनशा राई राणाको निर्देशनमा बनेको फिल्ममा जसिता गुरुङ, अरुण क्षेत्री लगायतका कलाकारको अभिनय छ ।

फिल्मलाई प्रज्वल र प्रभुशमशेर जबराले निर्माण गर्नुभएको हो भने फिल्ममा कालीप्रसाद बाँस्कोटा र रोहित शाक्यको सङ्गीत छ भने सुशन प्रजापतिको छायाङ्कन छ ।