• ७ वैशाख २०८१, शुक्रबार

मण्डलामा ‘मलाई मन परेको कविता’

blog

काठमाडौँ, माघ ११ गते । एपेक नेपालको आयोजनामा ‘मलाई मन परेको कविता’ शृङ्खला–२ मा २० जना अग्रज कविका चर्चित कवितामा २० जना अनुज पुस्ताका कविले प्रस्तुति दिनुभएको छ।

गितारवादक अनुराग थापा र प्रसन्न हुमागाईंको बाँसुरीवादनमा कविताहरू वाचन गरिएका थिए। फरक शैलीमा आयोजित कार्यक्रममा कवि निमेष निखिलले श्यामलको कविता, अनिता न्यौपानेले राजेन्द्र शलभको कविता, रञ्जना निरौलाले स्नेह सायमीको, बाबा बस्नेतले मञ्जुलको, बाबु त्रिपाठीले वसन्त चौधरीको, विमल वैद्यले बैरागी काइँलाको, मोमिलाले तुलसी दिवसको, छविरमण सिलवालले नरेन्द्रबहादुर श्रेष्ठको, विवश पोखरेलले प्रमोद प्रधानको, छवि अनित्यले अशेष मल्लको, डा. गीता त्रिपाठीले उषा शेरचनको, मणि लोहनीले शैलेन्द्र साकारको, हेमन्त शिशिरले विधान आचार्यको, प्रज्वल अधिकारीले दिनेश अधिकारीको, दीप दर्पणले रमण घिमिरेको, सबिता विमलीले सुलोचना मानन्धरको, सन्ध्या पहाडीले कृष्ण प्रसाईको, प्रकाश समीरले विश्वविमोहन श्रेष्ठको, रीमा केसीले लक्ष्मी मालीको र गीता कार्कीले विष्णुविभु घिमिरेको कविता वाचन गर्नुभएको थियो। कार्यक्रमको मञ्च परिकल्पनाकार राजन खतिवडा हुनुहुन्थ्यो।