• १६ चैत २०८०, शुक्रबार

प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त हुनुभएको नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेल । फाइल तस्बिर

काठमाडौं, माघ ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकारमा पार्टीका उपमहासचिव गजुरेललाई आज (सोमबार) नियुक्त गरिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले यसअघि स्वकीय सचिवालयमा छोरी गङ्गा दाहालसहित सात जनालाई नियुक्ति गरिसक्नुभएको छ भने प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरैलाई नियुक्त गर्नुभएकाे छ ।

त्यस्तै, स्वकीय सचिवमा रमेश मल्ल र छोरी गङ्गा नियुक्त हुनुभएको छ भने स्वकीय सहसचिवका रूपमा मनहरि तिमिल्सिना, सूर्यकिरण शर्मा, शिव खकुरेल र गोकर्ण भट्टलाई प्रधानमन्त्री प्रचण्डले नियुक्त गर्नुभएको छ ।

यसैगरी, यसअघि शर्मा प्रेस संयोजक र तिमिल्सिना प्रेस विज्ञको रूपमा नियुक्त हुनुभएको छ भने प्रधानमन्त्रीको फोटो पत्रकारमा राष्ट्रिय समाचार समिति (रासस) का प्रदीपराज वन्तलाई नियुक्त गरिएको छ ।