• ८ वैशाख २०८१, शनिबार

एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

blog

लीलाधर वली

घोराही, माघ ९ गते । दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते घोराही उपमहानगरपालिका –१० निवासी पूर्ण पुन मगरको उपचारका लागि भैरहवा मेडिकल कलेज लैजानेक्रममा उहाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

घोराही–होलेरी सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका –१३ दारबोट चोकमा रोल्पाबाट घोराहीतर्फ आउँदैगरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले रोल्पातर्फ जाँदैगरेको रा ६ प ८९८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पुन गम्भीर घाइते हुनुभएको थियो । 

गम्भीर घाइते पुनलाई उपचारका लागि सुरुमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो । घाइतेको अवस्थामा सुधार नभएपछि थप उपचारका लागि प्रतिष्ठानबाट भैरहवा मेडिकल कलेज भैरहवा रिफर गरेको थियो । 

घाइतेलाई भैरहवा मेडिकल कलेज पुर्‍याएर चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता राजन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्स चालक रोल्पा त्रिवेणी गाउँपालिका निवासी २८ वर्षीय निर्मल बुढा र एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।