भारतको एक जङ्गल भएको आगलागीमा दशको मृत्यु

नयाँ दिल्ली, फागुन २९ गते । दक्षिण भारतीय राज्य तामिल नाडूको एक जङ्गलमा भएको आगलागीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १० पुगेको छ ।

केही दिनयतादेखि जारी रहेको सो डढेलोमा परी ज्यान जानेको संख्या १० पुगेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

उक्त जंगलमा आइतबारबाट आगलागी सुरु भएको हो । आगलगी सुरु भएको सो समयमा एक विश्वविद्यालयका ४० जना विद्यार्थी पनि सोही जंगलमा पदयात्रामा गएका थिए ।

उनीहरुलाई भने उद्वार गरिएको छ । सो जंगलको डढेलो निभाउन ठूलो प्रयास भइरहेको छ ।  
 (रासस/सिन्ह्वा)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds