• ६ वैशाख २०८१, बिहिबार

पाकिस्तानभरि विद्युत अवरुद्ध

blog

इस्लामाबाद, माघ ९ गते । पाकिस्तानभरि सोमबार बिजुली अवरुद्ध भएको छ ।  यस विद्युत् अवरुद्धका कारण कराँची र लाहोरका सहरहरूसहित देशका २२ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् ।

पाकिस्तानको बिजुली वितरण प्रणाली एक जटिल र नाजुक वेब हो । ग्रिडको एक भागमा समस्याले देशभरि ब्रेकडाउन निम्त्याउन सक्छ । तीन  घण्टा लामो विद्युत् अवरुद्ध विगत दुई वर्षमा दोस्रो पटक भएको हो ।  सोमबार बिहान ७ः३० बजे राष्ट्रिय ग्रिडमा त्रुटि आएका कारण यस प्रकार देशभर विद्युत् अवरुद्ध भएको जनाइएको छ ।

‘विद्युतीय प्रणाली फ्रिक्वेन्सीमा बिहान राष्ट्रिय ग्रिडमा घट्यो जसले ठूलो ब्रेकडाउन निम्त्यायो,’ ऊर्जा मन्त्रालयले  जारी गरेको विज्ञप्तिमा जनाइएको छ । राजधानी र उत्तरपश्चिमी सहर पेसावरका केही भागमा सीमित विद्युत् पुनः स्थापनासँगै मर्मत कार्य चलिरहेको थियो ।

एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या भएको बन्दरगाह सहर कराँची र एक करोडभन्दा बढी जनसङ्ख्या भएको लाहोर विद्युतविहीन रहेको जनाइएको छ । जनवरी २०२१ मा यस्तै ब्रेकडाउनले दक्षिणी पाकिस्तानमा देशको प्रसारण प्रणालीमा त्रुटि देखापर्दा सम्पूर्ण देश अन्धकारमा डुबेको थियो ।

कमजोर अर्थतन्त्र, राम्रो प्रबन्ध मिलाउन नसक्नु  र भण्डारण सुविधाको अभाव जस्ता कारकहरूको संयोजनका कारण पाकिस्तान लामो समयदेखि ऊर्जा अभावबाट ग्रस्त छ ।अस्पतालहरू प्रायजसो जेनरेटरहरूसँग ब्याकअप हुन्छन् जबकि विद्यालयहरूले आफ्नो कक्षाकोठा तताउन ग्यास प्रयोग गर्छन् ।

यस हिउँदमा लोडसेडिङले घरेलु घरपरिवार र कपडा उत्पादनलगायतका उद्योगलाई असर गरेको छ, पाकिस्तानको सबैभन्दा ठूलो उद्योगहरूमध्ये एक, केही प्लान्टहरू अस्थायी रूपमा बन्द छन् । रासस/एएफपी