• ८ वैशाख २०८१, शनिबार

स्काउट एडभान्स तालिम सम्पन्न

blog

गाेरखापत्र अनलाइन

ललितपुर, माघ ९ गते । नेपाल स्काउटको ५१ औँ उडव्याज तथा ४४ औँ गर्ल्स स्काउट एडभान्स तालिम सम्पन्न भएको छ । 

गोदावरीस्थित सेन्ट जेभियर्स स्कुलमा माघ २ गतेदेखि माघ ८ गतेसम्म सञ्चालित तालिममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले प्रमाणपत्र वितरण गरेर सम्पन्न गर्नुभयो ।  

तालिमका कोर्ष लिडरहरूमा पुरुषतर्फ सत्यनारायण शाही र महिला तर्फ विजयश्वरी अमात्य हुनुन्थ्यो ।

प्रमुख अतिथि लोक बहादुर भण्डारीले स्काउटिङ्ग शिक्षा बालबालिकाको सर्वाङ्गीण विकास र प्राकृतिक विपतको साथी भएको टिप्पणी गर्नुभयो । स्काउट शिक्षाले विद्यालय तहका बालबालिकाहरूलाई असल नागरिक बनाएर सक्षम व्यक्ति जन्माउने भएकाले स्काउट तालिम आवश्यक रहेको उहाँले जोड दिनुभयो ।


समारोहमा गोदावरी नगरपालिकाका उपप्रमुख मुन अधिकारीले हरेक विद्यालयमा स्काउटको तालिम दिन उपयुक्त हुने बत्ताउनुभयो ।

स्काउट एडभान्स तालिम शिक्षाको आवश्यकता भएको बुझेर नै बागमती प्रदेश कार्यालयले तालिमको संयोजन गरेको बागमती प्रदेशका संयोजक शिवराम अर्यालको जोड दिनुभयो ।

तालिमका प्रशिक्षार्थी शनि शाक्यले प्राप्त तालिमबाट युवामा सकारात्मक सोचको विकास गराउन, सामूहिकतामा काम गर्न तालिम महत्त्वपूर्ण भएको बत्ताउनुभयो । 

ललितपुरमा पहिलो पटक एडभान्स तालिम आयोजना गरिएको गोदावरी स्काउटका संयोजक दीपक अर्यालले बत्ताउनुभयो ।