• ८ वैशाख २०८१, शनिबार

स्रष्टा समाजद्वारा वरिष्ठ कवि र वरिष्ठ हास्यव्यङ्ग्यकारलाई सम्मानको घोषणा

blog

वरिष्ठ कवि हरि फुयाँललाई सुभद्रा विश्वराज स्रष्टा र वरिष्ठ हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेललाई रमेशगङ्गा स्रष्टाबाट सम्मान गर्ने नेपाल स्रष्टा समाजको घोषणा ।

काठमाडौं, माघ ९ गते । नेपाल स्रष्टा समाजले यस वर्षका लागि सुभद्रा विश्वराज स्रष्टा र रमेशगङ्गा स्रष्टाले दुई जनालाई सम्मन गर्ने घोषणा गरेको छ ।

समाजले वरिष्ठ कवि हरि फुयाँललाई सुभद्रा विश्वराज स्रष्टा र वरिष्ठ हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेललाई रमेशगङ्गा स्रष्टाबाट सम्मान गर्ने घोषणा गरेको हो । दुवै सम्मानको राशि २१ हजार १११ रूपियाँ छ ।

वरिष्ठ कवि तथा समाजका पूर्व अध्यक्ष विधान आचार्यले आफ्ना पितामाताको नाममा स्थापना गर्नुुभएको सुभद्रा विश्वराज स्रष्टा सम्मानबाट कवि रमेशचन्द्र देवकोटा, नारायणदक्त शास्त्री, घनश्याम कँडेल, रमेश खकुरेल र भुवनहरि सिग्द्येल सम्मानित भइसक्नुभएको छ ।

बागमती प्रदेशका सांसद तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटालगायतले स्थापना गर्नुभएको रमेशगङ्गा स्रष्टा सम्मानबाट साहित्यकार जनार्दनशरण त्रिपाठी र प्रा.डा. वासुदेव त्रिपाठी सम्मानित भइसक्नुभएको छ ।