राष्ट्रिय हितअनुकूल विदेश नीति

Purushottam marhatthaडा.पुरुषोत्तम मरहठ्ठा

 

कुशल खेलाडीको टीम स्पीरीट बन्न पुग्यो भने खेलमा विजयी बनाउँछ । सन्तुलित विदेश नीति राख्न सक्यौँ भने कुनै पनि छिमेकी मित्रले औँला ठड्याउन सक्दैन । तर छिमेकी भीमकाय छ भन्दैमा जस्तोमा पनि मुलुकले शिर निहुराउन सक्दैन । राजकाजमा डर छेरुवाको हैन सुरो र देशभक्त नेताको खोजी हुन्छ । गौरवशाली मृत्यु मरेर सदैव जीवित रहने नै वीर हो । डरपोकहरू दिनमै सैयौँ पटक मर्न पुग्दछन् । लडाइँमा हजारौँलाई जित्नुभन्दा आफैँलाई जित्न सक्नेलाई बुद्धले संग्राम जीत भनेर त्यत्तिकै भनेनन् । त्यसैले ती गृहस्थीको लागि ५ शील दिएका थिए । जसलाई बाङ्डुग कन्फरेन्सले पञ्चशीललाई सापट लियो । जसमा भनिएको थियो ः क्षेत्रीय अखण्डताको सम्मान, एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, अनाक्रमण, राष्ट्र« राष्ट्र«बीच पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व ।
दुःखबाट मुक्त हुन निर्वाणको बाटोमा लाग्न ज्ञान, शील र समाधीको आर्य अष्टाङ्गिक मार्गमा लाग्ने बोध ज्ञान आखिरमा बुद्धलाई पनि दक्षिणको बोधगया कुशीनगरबाटै मिल्यो । प्रजातन्त्र, साम्यवाद, समाजवाददेखि प्रजातन्त्र र गान्धीका सत्याग्रह सबै भित्रिएको दक्षिणको सीमाबाट हो । जुन नेताले ऐन मौकामा देशलाई माथि उठाउन सक्दैन त्यस्तो नेता बाख्रीको घाँटीमा देखिने लुर्को जस्तै कुनै काम छैन । त्यसैले वर्तमान वामगठबन्धनको सरकार लुर्को जस्तो देखिने हैन । देशलाई गौरवशाली बनाउनतिर लाग्नुपर्दछ । यो देशको विदेश नीतिले नेपाल राष्ट्र«सँग, नेपालको भलाइसँग, नेपालको सुदूर भविष्यसँग, नेपाली जनतासँग र छिमेकीहरूसँग सम्बन्ध बनाउने दीर्घकालसम्म कायम रहन सक्यो भने अस्तित्वको लडाइँमा निष्ठापूर्वक लडेका नेपाली इतिहासको कालखण्डमा कहिल्यै धपाइएको गोरु जस्तो लुप्त हुनुपर्ने देखिन्न ।
यस क्रममा सरकार आउने र जाने निरन्तरको प्रकृयामा नेपालले आजसम्म कहिल्यै आफ्नो राष्ट्र«को मात्र प्रशंशा गरी अरु राष्ट्र«माथि इष्र्या र द्वेष फैलाउने आक्रामक राष्ट्रवाद फैलाएको छैन । सबैलाई उन्मुक्त वातावरणमा फल्न फुल्न दिइएको छ । विवाद त कहाँ थिएन स्वयं बुद्धको समयमा पनि कोलियगण राज्यबीच रोहणी नदीको पानीमा विवाद नभएको हैन ? भवतु सब्ब मंगलम अर्थात् बहुजन हिताय बहुजन सुखायको आधारमा बस्न खोज्दा त्यहाँ पनि एक अर्कालाई विरोधी सम्झने भावना किन विकास भयो ? विभिन्न राष्ट्रियता बोकेकालाई राष्ट्र«प्रति देशप्रेमको भावना विकास गराउन संविधानअनुसार तीनै तहको निर्वाचन सम्पन्न भई संविधान कार्यान्वयनमा आइरहेको छ । राष्ट्रिय स्वार्थबाट नेपालले छिमेकीसँगको सम्बन्ध विस्तार गर्नुपर्ने भएकोले प्रधानमन्त्री ओलीको सत्तारोहण अघि र पछिमा छिमेकीको स्वार्थ शालीन तवरले देखाप¥यो । भारत नाकाबन्दीको समयमा भएका गल्तीको कोर्स करेक्सन गर्न भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौँ आई वामगठबन्धनको सरकार बन्नु अघि नै उनको भ्रमणले कूटनीतिक वृत्तमा निकै ठूलो हलचल ल्याएको थियो । यहीँबाट मधेशवादी दललाई सरकारमा लैजाने मार्ग प्रशस्त भएको छ । यस अघि संविधान भर्खर लागू भएको समयमा प्रचण्डले ओली सरकारबाट झिकेको समर्थन फिर्तालाई भारतीय स्वार्थको गन्ध देख्नेले स्वराजको भ्रमणसँगै तनाव शिथिल गराउन केही हदमा बल मिल्न पुग्यो । हालका दिनमा दुई तिहाई मत प्राप्त ओलीलाई भारतले बाइपास गर्न सक्ने स्थिति पनि भएन । ठूलो लोकतान्त्रिक देशले बहुमतबाट बनेको सरकारलाई सम्मान दिनमा कुनै कन्जुस्याइँ गरेन । ओली नेतृत्वको सरकार बनिसकेपछि भारतीय प्रधानमन्त्री मोदीको निम्तो यतिखेर परम्परागत भ्रमणभन्दा बेग्लै देखाउन खोजिएकोले उचित समयको पर्खाइकै कारण भ्रमण सुनिश्चित हुन सकेको छैन । दिल्ली दौडको परम्परा सत्तामा टाँस्सिरहने नेताहरूको लागि बाँच्ने रहर हो । हुन त मृग मार्ने व्याधाले मिठो स्वरमा गीत सुनाएरै मृगलाई जालमा फसाउँछ । हाम्रा नेताहरू धेरै पटक राजनीतिमा भित्रिएको विकृतिसँगै फस्न पुगेका छन् ।
कूटनीतिक रूपमा नेपाललाई भारतले आफ्नो राष्ट्रिय स्वार्थभित्र अड्काउन खोज्दैछ । नेपालले पनि आगामी दिनमा आफ्नो राष्ट्रिय स्वार्थले हेर्ने काम भयो भने अबका दिनमा कुनै पनि नेताले कुनै अमुक नेतालाई लम्पसारवाद वा समर्पणवाद जस्ता आरोप प्रत्यारोप गर्न पर्दैन । भारत, चीन, पाकिस्तानको नेपाल नीति हालैको निर्वाचन परिणामले अक्कासिएको ग्राफले देखाउँछ । अफगानिस्थानको आतंकवाद र श्रीलंकाको गृहयुद्ध देख्ने र भोग्नेलाई मात्र थाहा हुन्छ रगतको मूल्य । नेपाललाई पनि धेरै भयो उग्रवादले सताएको । सेप्टेम्बर ९÷११ नभोगे पनि बम र बारुदसँग करिब करिब एक दशक नेपाली जनताले पनि सुतली बम र टाइमबमसँग खेले । हत्या र हिंसामा हेलिएका अफगानी जस्तै नेपालीलाई पनि १० वर्षे द्वन्द्वकालले अरु उपाय नपाएपछि हत्यामा उत्रिन केहीलाई रोमान्चित बनायो भने धेरैलाई बाध्य बनायो । फ्रान्सिस फुकुयामाको दि एन्ड अफ हिस्ट्रीमा साम्यवादको अन्त गर्ने हो कि इतिहासको अन्त भएको हो अझै विश्वास भएको छैन । विप्लव र वैद्य अझ निरन्तर हतियार छोड्नै नसक्ने बताउँछन् । विगतमा कुर्सीको लागि दिल्ली काठमाडाँै दिल्ली दौड अन्त भएको ठान्नेहरूले अझैसम्म स्थायित्वको आधारशिला फेलै पार्न सकेका छैनन् । बुद्धिजीवी अनेकथरी भए । विचार र वादमा विभाजित बुद्धिजीवीको कित्ताकाटमा कूटनीति क्षमता भएका नेताहरू शिला खोज्नुपर्ने देखियो । ७० दशकका कूटनीतिज्ञ हेनरी किसिन्जरको जस्तो भूमिका खेल्न सक्ने नेपालका कूटनीतिज्ञले स्वामीको भजन र जय जयकारमा समय खर्चिए । तिनीहरू गणेश प्रवृत्तिमा रमाए । राष्ट्रिय शक्तिको मस्तिष्क नेपाली नेतामा हेर्न र देख्न पाइएन । तर यहाँ बेलाबखत नेपाललाई अनन्त विवादमा फसाउन आफ्नै बेडपार्टनरले विदेशी प्रभुका सामु सुम्पिदिएर राष्ट्रिय प्राथमिकताभन्दा दलीय प्राथमिकतामा फाइल बढुवा गराउन खोजे भने उजुरी कहाँ गर्ने ? देशलाई कंगाल बनाउन फेरि पनि केही तìवको उक्साहटमा विदेशीहरू कुनै न कुनै कारण दिएर मुलुकको राजनीतिमा प्रवेश गर्न छेउकुनो र छिद्र खोजिरहेका छन् । त्यस्तालाई ऐन मौकामा श्रीलंका सरकार र जातिय नेताको विवादको समाधान हेतु कुनै समय बेलायतले पठाएको विशेष दूतलाई श्रीलंकाले भीसा नदिएझैँ आवश्यकता पर्दा अवका दिनमा दह्रो कदम चाल्न सकियो भने हामी उनीहरूसँग होइन उनीहरू हामीहरूसंँग मर्यादाको व्यवहार सिक्ने छन् ।
माल्दिभ्सको सर्वोच्च अदालतले विपक्षी दलका सांसदसहित सम्पूर्ण राजबन्दीलाई रिहा गर्न दिएको आदेश राष्ट्र«पति अब्दुल्लाह यामिनले कार्यान्वयन गर्न अस्वीकार गरेपछि विकसित घटना क्रम बारेमा जानकारी दिन चीन, पाकिस्तान र साउदीमा उसले दूत पठायो तर भारतमा पठाएन । बेल्ट एण्ड रोड इनिसिएटिभमा प्रवेश गरेकै कारण शायद भारतको माल्दिभ्ससंँग सम्बन्धमा असहजता देखिए पनि श्रीलंकामा निर्वासित जीवन बिताएका पूर्वराष्ट्र«पति मोहम्मद नासिदको भारतसंँगको सम्बन्ध राम्रो भएकै कारण भारतले तत्काल कुनै कदम चालिहाल्न सकेन । बीपी कोइराला भारतबाट मेलमिलापको नीति लिएर आउँदा कुनै किसिमको सहयोग दिएको थिएन । भूटानी शरणार्थी फिर्ता पठाउन प्रजातान्त्रिक सरकारलाई नै भारतले अप्ठेरोमा पारेको थियो । त्यसैले भारतसँग हाम्रो लामो ऐतिहासिक सम्बन्ध रहेको छ । एसडी मुनिले भने जस्तो भारत र नेपालबीचका नागरिकमा “कानुनी, संवैधानिक र राजनीतिक अवरोध छन् । तर, दुई देशका नागरिक बीच जातीय र सांस्कृतिक विभेद भने छैन । रोटी र बेटीदेखि सेना भेना र आर्थिक समृद्धिसम्मको सवालमा जोडिएको छ भारत । कतिसम्म भने भारतले नेपालमा रहेका गोर्खाको पेन्सनका लागि ४० अर्ब छुट्याउँदा गत विगतमा नेपालले कूल रक्षा बजेट ३६ अर्बभन्दा केही बढी थियो । यसरी नेपालको कुल रक्षा बजेटभन्दा ४ अर्ब रुपियाँ बढी भारतले नेपालमा रहेका भू.पु सैनिकलाई छुट्याएको छ । तसर्थ भावावेशमा आएर सम्बन्धमा असर पर्ने गरी तत्काल कुनै कदम चाली हाल्नुभन्दा हाम्रा निम्ति कुन उचित हो वा होइन ? नेपाल स्वतन्त्र रूपमा राष्ट्रिय हितमा निर्णय गर्ने क्षमतामा राख्न सक्ने अवस्था बनाउने वा भत्काउने जिम्मा वाम गठबन्धनको बहुमत प्राप्त सरकारको काँधमा रहेको छ ।
यसै अवधिमा नेपाल भारत प्रबुद्ध समूह (ईपीजी) को समयावधि यसै वर्ष सकिँदैछ । समूहको तर्फबाट प्रबुद्ध समूहको काँधमा संयुक्त प्रतिवेदन तयार गरी नेपाल र भारत सरकारलाई बुझाउने दिन नजिक आउँदैछ । निश्चय नै यसले सन् १९५० को शान्ति तथा मैत्री सन्धिदेखि दुई देशबीच सम्झौताको बखत आगो बाल्ने पारवहन तथा व्यापार सन्धि, जलस्रोतका उपयोगमा के कसरी फाइदा लिन सकिन्छ, त्यसमा गम्भीर छलफल मात्र हैन, प्रबुद्ध समूहले सामाजिक, सांस्कृतिकलगायत सूचना प्रविधिजस्ता क्षेत्रमा पनि सम्बन्धमा आएको गतिरोधका विषयमा रेखा कोर्ने काममा प्रबुद्ध व्यक्तिको कूटनीतिक क्षमताको परख गर्ने गरी उपयुक्त सुझावले निकै तल गएको सम्बन्धलाई शायद माथि उठाउन सक्यो भने यो प्रबुद्ध वर्गहरूको समूहकप्रति धेरैको विश्वास जाग्ने थियो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds