• ८ वैशाख २०८१, शनिबार

गीतालाई वरिष्ठ सौन्दर्यविद्को सम्मान

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, माघ ९ गते । नेपालगञ्जकी वरिष्ठ ब्युटिसियन गीता भण्डारीलाई ‘वरिष्ठ सौन्दर्यविद्’ सम्मान प्रदान गरिएको छ। अनुराधा फिल्म्स इन्टरनेसनल प्रालिको आयोजनामा काठमाडौँमा सम्पन्न दोस्रो ओ टु हिमालय नेपाल ब्युटिसियन एन्ड फेसन अवार्ड–२०७९ को अवसरमा ब्युटिसियन भण्डारीलाई वरिष्ठ सौन्दर्यविद् सम्मानबाट सम्मानित गरिएको हो।

देशभरका सौन्दर्यकर्मीको सहभागिता रहेको कार्यक्रममा सांसद एवं पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भण्डारीलाई सम्मान गर्नुभएको सम्मानित हुनुभएकी भण्डारीले बताउनुभयो। अढाई दशकदेखि सौन्दर्यकला व्यवसायमा सक्रिय रहेर देशका युवापुस्तालाई आत्मनिर्भर एवं स्वरोजगारमुखी बन्ने कार्यमा पु-याउनुभएको योगदानस्वरूप आफूलाई सम्मान गरिएको उहाँको भनाइ छ। नेपालगञ्जस्थित गुड आइडियल ब्युटी टे«निङ सेन्टर स्थापना गरी प्रशिक्षणमार्फत ब्युटिसियन भण्डारीले सयौँ युवती र महिलालाई रोजगारी प्रदान गरेर सौन्दर्य व्यवसायलाई स्थापित गर्नुभएको छ। 

युवालाई उद्यमशील बनाउने अभियानमा लामो समयदेखि निरन्तर लाग्नुभएकी भण्डारीकै कारण बाँकेको नेपालगञ्ज र कोहलपुरमा सयौँ ब्युटिपार्लर खुलेको र उनीहरूले रोजगार पाएको नेपालगञ्ज ११ की ब्युटिसियन सुफिया खानले बताउनुभयो। पछिल्लो समयमा ब्युटिपार्लरप्रति महिलाको आकर्षण बढ्दै गएपछि ब्युटिसियन बन्ने र सोको प्रशिक्षण लिएर पार्लर खोल्नेहरू बढ्दै गएका छन्।