• १३ वैशाख २०८१, बिहिबार

प्रधानमन्त्री र सभामुख घिमिरेबीच बालुवाटारमा भेटवार्ता

blog

प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा छलफल हुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, माघ ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच अहिले विहान बालुवाटारमा छलफल भइरहेको छ । सोमबार विहान सभामुख घिमिरे प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

उहाँहरुबीच समसामयिक राजनीतिक विषय र संसद बैठकको आगामी एजेण्डाबारेमा समेत छलफल भइरहेको संयोजक शर्माले बताउनुभयो । सभामुख पदमा निर्वाचित हुनुभएपछि घिमिरे पहिलो पटक बालुवाटार पुग्नुभएको हो ।

नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियतले संसद सचिवालयबाट सुविधा मागसहितको लिखित पत्र पठाएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको सो दललाई सुविधा प्रदान गर्न मिल्ने कि नमिल्नेबारे अन्यौल रहेकाबेला प्रधानमन्त्री प्रचण्ड र सभामुखबीच आज छलफल भएको छ । सम्भवतः सो विषयमा समेत छलफल हुने प्रेस संयोजक शर्माले बताउनुभयो ।