‘एनेकपा माओवादीका अध्यक्षको द्विविधाले सहमति भएन’

Pradip_Gywaliभद्रपुर, चैत २७ गते । नेकपा (एमाले)का केन्द्रीय सचिव प्रदीप ज्ञवालीले एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालमा देखिएको द्विविधाका कारण राष्ट्रिय सहमति हुन नसकेको बताउनुभएको छ । भद्रपुर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले आम सहमतिमा नयाँ संविधान जारी गर्न ठूलो चुनौती रहेको बताउनुभयो ।

संविधान जारी नगरी दोस्रो संविधानसभा कुनै पनि हालतमा अन्त्य हुन हुँदैन भन्दै सचिव ज्ञवालीले सकेसम्म आमसहमति गर्ने र त्यसो नभए प्रक्रिया पूरा गरेर भए पनि नेपाली जनताको चाहनाबमोजिमको संविधान जारी हुने बताउनुभयो ।उहाँले संविधानसभाको अगामी चैत ३० गतेको बैठक अगावै राजनीतिक दलहरुबीच सहमति हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।


त्यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीले मुलुकमा शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि पनि संविधान जारी हुनैपर्नेमा जोड दिनुभयो । उहाँले यो संविधानसभालाई कुनै पनि हालतमा विफल पार्न नहुने भन्दै राजनीतिक दलहरुले जनताको आदेशलाई पालना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना