प्रधानमन्त्रीसँग शिष्टाचार भेट

काठमाडौँ, चैत २७ गते । प्रधानमन्त्री सुशील कोइराला र अस्ट्रेलियाली क्रिकेट सङ्घका अध्यक्ष वाली एडवार्डस्बीच आज प्रधानमन्त्री निवासमा भेटवार्ता भयो । भेटका क्रममा उहाँहरुबीच नेपालमा क्रिकेट खेलको विकासका निम्ति आवश्यक पर्ने पूर्वाधारका विषयमा छलफल भएको नेपाल क्रिकेट सङ्घकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले बताउनुभयो ।

अध्यक्ष एडवार्डस्ले नेपालमा क्रिकेटले क्रमशः प्रगति गरिरहेकाले त्यसको विकासका लागि सक्दो सहयोग गर्न अस्ट्रेलियाली क्रिकेट सङ्घ तयार रहेको जानकारी प्रधानमन्त्रीलाई दिनुभएको उहाँले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना