• ८ वैशाख २०८१, शनिबार

बराबरीमा रोकियो बायर्न

blog

बायर्नविरुद्ध बराबरी गोल फर्काएपछि लेइपजिगका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, माघ ७ गते । जर्मन बुन्डेसलिगा फुटबलको उपाधि दौडमा रहेको बायर्न म्युनिख आरबी लेइपजिगसँग बराबरीमा रोकिएको छ । शुक्रबार राति लेइपजिगको मैदानमा भएको खेलमा बायर्नले लेइपजिगसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

बायर्नले सुरुवाती गोल गरेपनि जोगाउन सकेन । ३७औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गर्दै बायर्नको उत्साह जगाउनुभयो । त्यसपछि ५२औं मिनेटमा लेइपजिगका मार्सल हल्स्टनवर्गले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो ।

बराबरीसँगै शीर्षस्थनमा यथावत रहेको बायर्नले १६ खेलमा ३५ अंक बनाएको छ । २९ अंक बनाएको लेइपजिग तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको फ्रेईबर्गको ३० अंक छ । एजेन्सी