‘सङ्घीयता विदेशीको पासो’ ः केसी

chtr bdrरूपन्देही, चैत २६ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयता विदेशीको पासो भएको टिप्पणी गर्नुभएको छ । नेता केसीले सङ्घीयताकै कारण नयाँ संविधान बन्न नसकेको दावी गर्नुभयो ।

रक्तिम सांस्कृतिक अभियानको तेस्रो राष्ट्रिय सम्मेलनको बिहीबार बुटवलमा उद्घाटन गर्दै उहाँले सङ्घीयताको यो पासोले नेपालको राष्ट्रिय अखण्डतालाई मृत्युको नजिक पु¥याएको तर्क गर्नुभयो ।

“सेवाकेन्द्र विस्तार गर्न समेत नसकेको सरकारले सङ्घीयताको जटिलतालाई थेग्न सक्दैन”, उहाँले भन्नुभयो ।

सभासद् समेत रहनुभएका नेता केसीले एकीकृत माओवादीले जातीय राज्यको ठेकेदारी गरिरहेको र एमाले काँग्रेस विदेशीको डलरमा राष्ट्रिय अखण्डता टुक्र्याउन तयार रहेको आरोप लगाउनुभयो । अहिले देशमा भ्रष्टाचार मौलाएको भन्दै उहाँले भन्नुभयो, “नारायणहिटीबाट सिंहदरवारमा भ्रष्टाचारको केन्द्र सरेको मात्र हो ।”

नेता केसीले विभिन्न कित्तामा विभाजित नेपालका माओवादी वि.सं. २०५२ सालदेखि ०६३ सम्म गरेका मानवता विरोधी अपराधबाट छुट्कारा पाउन अहिले एकजुट भएको दावी गर्नुभयो ।

सत्यनिरूपण आयोगले निष्पक्ष छानबिन गरे सबैभन्दा बढी अपराध भने राज्यपक्षले गरेको ठहर्ने उहाँको भनाइ थियो । ८० प्रतिशत अपराध तत्कालिन सत्तापक्षबाटै भएको भन्दै प्रतिपक्षले अपराध लुकाउन र सत्तापक्षले भ्रष्टाचार लुकाउन प्रयासरत रहेको उल्लेख गर्नुभयो ।

विभिन्न ४७ जिल्लाबाट आएका रक्तिमका कलाकारलाई सम्बोधन गर्दै नेता केसीले रक्तिमले देशभर सङ्घीयताबिरुद्ध जागरण अभियान चलाएको भन्दै प्रशंसा गर्नुभयो ।

नयाँ नेतृत्व चयन गर्न सम्मेलन तीन दिनसम्म चल्नेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना