• ६ वैशाख २०८१, बिहिबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१ हजार युरो बरामद

blog

गोरखापत्र अनलाइन

काठमाडौं, माघ ३ गते । दुबई उठानद्वारा काठमाडौंबाट दुबई हुँदै क्रोएसिया जान लागेका २१ जनाबाट प्रहरीले ५१ हजार ३५० युरो बरामद गरेको छ ।

उडानमा रहेका २१ जनाको पासपोर्ट जाँच गर्दा युरो लाने अनुमति नलिएको पाइएपछि थप जाँच गरिएको थियो । 

जाँचको क्रममा ५१ हजार ३५० युरोसहित २१ माथि जाँच गरिएको जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको सुरक्षा फोर्सले मङ्गलबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

युरो कसले पठाएको भनेर प्रहरीले सोधपुछ गर्दा विमानस्थल बाहिर रहेका युरो पठाउने एजेन्ट पदम विश्वकर्मालाई पनि एक लाख २० हजार नेपाली रुपियाँसहित नियन्त्रण लिएर अनुसन्धान भइरहेको छ । 

आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको जानकारी पनि प्रहरीले दिएको छ ।