• १६ चैत २०८०, शुक्रबार

सुदूरपश्चिम प्रदेशको उपसभामुखमा चौधरी निर्वाचित

blog

प्रकाशविक्रम शाह

धनगढी, माघ ३ गते । सुदूरपश्चिम प्रदेश सभाको उपसभामुखमा सत्ता पक्षबाट नेकपा (एमाले) का कोइलीदेवी चौधरी निर्वाचित हुनुभएको छ । प्रदेश सभाका मंगलबार साँझ बसेको पहिलो अधिवेशनको छैटौँ बैठकले चौधरीलाई उपसभामुख निर्वाचित गरेको हो । 

५३ सदस्यीय प्रदेश सभामा उहाँले २८ मत पाउनु भएको सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा बैठकमा घोषणा गर्नुभयो । उहाँलाई नेकपा (माओवादी) र नेकपा (एमाले) का १०÷१०, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक जना प्रदेश सभा सदस्यले मतदान गर्नुभएको थियो ।

उपसभामुखको चुनावमा विपक्षी उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का मायादेवी पन्तले २३ मत पाउनुभयो । उहाँका पक्षको एक मत बदर भएको छ । उहाँलाई नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्र गरेर २४ मत प्राप्त हुनुपर्ने थियो ।