राष्ट्रपतिसँग युरोपेली संसद् प्रतिनिधिमण्डलद्वारा शिष्टाचार भेट

Ram Baran Yadav_1काठमाडौँ, २६ चैत । राष्ट्रपति डा रामवरण यादवसँग नेपालको भ्रमणमा रहेको दक्षिण एसियाका लागि युरोपेली संसद् समितिका अध्यक्ष जिन ल्याम्बेर्ट नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट ग¥यो ।

त्यस अवसरमा राष्ट्रपति र प्रतिनिधिमण्डलबीच नेपालको समसामयिक राजनीतिक अवस्था तथा नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धबारे छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटका बेला राष्ट्रपति कार्यालयका सचिव अनुपकुमार उपाध्याय र नेपालका लागि युरोपेली सङ्घका राजदूत रिन्चे टिरिङको उपस्थित हुनुहुन्थ्यो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना