• १६ चैत २०८०, शुक्रबार

स्टुडियो थिएटरमा ‘देउराली डाँडी’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ३ गते । नाटक ‘देउराली डाँडी’को मञ्चन सुरु भएको छ । नाटकले गाउँको कथालाई उजागर गरेको छ ।

गाउँमा धेरै वर्षअघि फैलिएको महामारीले सबै पुरुष परदेश पलायन भएका हुन्छन् । गाउँ सबैतिर उजाड हुन्छ । गाउँ उजाड देखिए पनि त्यहाँका महिला भने सङ्घर्ष गरेर बाँचिरहेका हुन्छन् । 

गाउँमा महामारीको लक्षण पुनः देखिन थालेपछि उनीहरूको सङ्घर्षको औचित्यमा प्रश्नहरू उठ्न थाल्छन् । अन्तिम समयसम्म पनि महिलाको घाटुनाचको कथा र देवीमा गाउँको पुरानो जीवनशैली खोज्ने साहस नै नाटकको मुख्य विषय हो । 

एक घण्टा ४० मिनेटको नाटक रोज बेटिना स्क्वेजले निर्देशन गर्नुभएको हो । सहलेशले लेख्नुभएको नाटक नेपाली र अङ्ग्रेजी भाषाको अनुवादमा हेर्न सकिन्छ ।

दिया मास्के, मेनुका प्रधान, पशुपति राई, रञ्जना भट्टराई, विनीता थापामगर, सरस्वती चौधरीलगायतको नाटकमा अभिनय रहेको छ । 

वान वल्र्ड थिएटर नेपालको संयोजनमा तयार पारिएको नाटक माघ १५ सम्म पिङ्गलास्थानस्थित स्टुडियो थिएटरमा मञ्चन भइरहेको छ ।