• ७ वैशाख २०८१, शुक्रबार

महाराष्ट्रमा एक नेपालीको विभत्स हत्या !

blog

प्रकाशविक्रम शाह

धनगढी, माघ २ गते । भारतको महाराष्ट्रको आलिबागमा बस्ने कैलालीको लम्कीचुहा नगरपालिका ‐६ बावनपुर घर भएका १८ वर्षीय कमल विकको बावनपुरमै बस्ने उहाँका साथीहरु मिलेर हत्या गरेको खुलेको छ ।  

पुस २६ गते विभत्स तरिकाले आफ्नो छोराको हत्या गरेको आमा पार्वती कामीले आरोप लगाउनुभयो ।  बावनपुरमा घरभई महाराष्ट्रको आलिबागमा बस्ने सागर विक, टोपु विक, मनोज विक र सन्तोष बादीले आफ्ना छोराको हत्या गरेको आरोप आमा पार्वतीको छ । 

कमलको हत्यामा संलग्नका नाममा किटानी जाहेरीसहित माघ १ गते भारतको महाराष्ट्र राईगढ जिल्ला आलिबाग थाना प्रहरीमा उजुरी दिएको आमा पार्वतीले बताउनुभयो । 

हत्यामा संलग्नताको आरोप लागेका टोपु विक र मनोज विक दुई जना सहोदर दाजुभाइ हुन् । छोराको हत्या भएको खबर सुनेपछि महाराष्ट्र पुग्नुभएकी मृतककी आमा पार्वतीले प्रहरीमा जाहेरी दिनुभएको हो । 

छोरासँगै होटेलमा काम गर्ने नातामा मामा पर्ने सागर विकले छोराको हत्या भएको जानकारी दिएपछि हामीले थाहा पायौंं मृतकका आमा पार्वतीले भन्नुभयो ।