• १३ वैशाख २०८१, बिहिबार

विमान दुर्घटनामा मृतकप्रति बर्दिबास र औरहीमा श्रद्धाञ्जलि सभा

blog

आइतबार राति मैनवत्ति प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय । तस्बिर –रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, माघ २ गते । पोखरा विमान दुर्घटनाबाट महोत्तरी जिल्ला पनि शोकमग्न भएको छ । मुलुककै सबैभन्दा ठूलो र पीडादायी बनेको पोखरा विमान दुर्घटनामा शोकाकुल बनेका यहाँका स्थानीयले बर्दिबास र औरहीमा श्रद्धाञ्जलि सभाको आयोजना गरेको थियो । 

बर्दिबासस्थित सिन्धुली चोकमा भेला भएका यहाँका युवाले दीप प्रज्वलन गरी मृत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए । 

बर्दिबास नगर प्रमुख प्रह्लाद क्षेत्री, उद्योग वाणिज्य सङ्घ, बर्दिबासका महासचिव उत्तम श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

यस्तै, औरही नगरपालिकामा पनि शोक सभाको आयोजना गरिएको छ । औरहीस्थित उद्योग वाणिज्य सङ्घ र यूथ क्लबको सहभागितामा औरही चोकमा आइतबार शोक सभामा मैनबत्ती प्रज्वलन गरी मृत आत्माको चीर शान्तिको कामना गरिएको थियो ।