• १६ चैत २०८०, शुक्रबार

मधेस प्रदेश सभा स्थगित

blog

मधेस प्रदेश सभा भवन । तस्बिर: विजयकुमार साह

विजयकुमार साह

ढल्केवर, माघ २ गते । पोखरामा भएको विमान दुर्घटनाको शोकमा आज (सोमबार) बस्ने भनिएको मधेस प्रदेश सभा बैठक स्थगित भएको छ । 

पोखरामा भएको विमान दुर्घटनाको शोकमा बैठक स्थगित गरिएको मधेस प्रदेश सभा सचिवालयका सचिव रञ्जित कुमार यादवले बताउनुभयो । देश शोकको घडीमा रहेकाले प्रदेश सभाको बैठक स्थगित गर्नु परेको उहाँले जानकारी दिनुभयो । 

प्रदेश सभा बैठकबाट सभामुखको निर्वाचन गर्नुका साथै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम तय गरिएको थियो । स्थगित गरिएको प्रदेश सभा बैठक अब मङ्गलबार बस्ने सचिव यादवले जानकारी दिनुभयो । 

मङ्गलबारको बैठकमा मुख्यमन्त्रीमा नियुक्त भएका यादवले दिउँसो १ बजे विश्वासको मत लिने र सभामुखको निर्वाचनसमेत हुने कार्यसूची तय गरिएको छ ।