• ४ वैशाख २०८१, मङ्गलबार

‘मुटुभित्र देश छ’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २ गते । गीतकार तथा कलाकार स्पन्दन विनोदको ‘मुटुभित्र देश छ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतले स्वदेश तथा विदेशमा रहने हरेक नेपालीको भावना बोलेको छ । कमल अधिकारीको सङ्गीत संयोजन रहेको गीतमा पूजन मिश्रले आवाज दिनुभएको छ । 

भिडियो ओमप्रकाश अवस्थीको सम्पादनमा तयार पारिएको हो भने गायकको आफ्नै युट्युब च्यानल ‘स्पन्दन विनोद’मार्फत भिडियो सार्वजनिक गरिएको हो ।