• १३ वैशाख २०८१, बिहिबार

पाेखरा विमानस्थलमा ट्राफिक व्यवस्थापन सहजताकाे लागि

प्रधानमन्त्री प्रचण्डकाे पाेखरा भ्रमण स्थगित

blog

काठमाडौं, माघ १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पोखरा नजाने हुनुभएकाे छ । आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि वस्तुस्थिति र शाेकाकुल परिवारहरूमा समवेदना प्रकट गर्न त्यसतर्फ लाग्नुभएकाे थियाे ।

उहाँ त्यहाँ जाँदा सुरक्षा जटिलता थपिने भएकाले सुरक्षा निकायकाे सल्लाहकाे आधारमा पाेखरा जाने कार्यक्रम स्थगित भएकाे उहाँकाे स्वकिय सचिव रमेश मल्लले जानकारी दिनुभएकाे हाे ।

उहाँसँगै उपप्रधान तथा गृहमन्त्री, उपप्रधानसहित भाैतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ पाेखरा जाने भनिए पनि ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्थामा उद्धारकार्य प्रभावित हुनसक्ने भएकाले स्थगित गरिएकाे हाे ।