• ८ वैशाख २०८१, शनिबार

कर्णालीको सभामुखमा नन्दा गुरुङ निर्वाचित

blog

नवीन शाही

सुर्खेत, माघ १ गते । कर्णाली प्रदेशको सभामुख पदमा नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । आइतबार भएको मतदानबाट संसदको २४ मत पक्षमा प्राप्त गरी सभामुखमा गुरुङ निर्वाचित हुनुभएको सभाध्यक्ष महेन्द्र विष्टले घोषणा गर्नुभएको हो । 

नेकपा (एमाले) कि गुरुङलाई सत्तारुढ गठबन्धन दल नेकपा (माओवादी केन्द्र), राप्रपा र एकीकृत समाजवादीको समर्थन र थियो । उहाँको प्रस्तावकमा एमाले संसदीय दलका नेता यामलाल कँडेल र मुख्यमन्त्री राजकुमार शर्मा समर्थक बस्नुभएको थियो । 

४० सदस्यीय संसदमा आइतबार मतदान प्रक्रियामा ३८ जनाको सहभागिता थियो । जसमध्ये सभामुख पदका अर्का उम्मेदवार कांग्रेसका खड्गबहादुर पोखरेलको पक्षमा १४ मत र गुरुङको पक्षमा २४ मत खसेको थियो ।