• १३ वैशाख २०८१, बिहिबार

विमान दुर्घटनाको उद्धारमा खटिन स्थानीय पार्टी संयन्त्रलाई सभापति देउवाको निर्देशन

blog

कांग्रेस सभापति एवम् प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा

काटमाठौं, माघ १ गते । कांग्रेस सभापति एवम् प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले  पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारमा खटिन नेपाली कांग्रेसको स्थानीय पार्टी संयन्त्रलाई निर्देशन दिनुभएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटना भएलगत्तै सामाजिक सञ्जालमार्फत सभापति देउवाले उद्धारमा खटिन कांग्रेस कास्कीको पार्टी संयन्त्रलाई निर्देशन दिएको हो ।

सभापति देउवाले उद्धारालाई प्रभावकारी बनाउँदै आवश्यक सबै प्रक्रिया अबिलम्व सुरु गर्न नेपाल सरकारसँग माग समेत गर्नुभएको छ । ‘‘यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको खबरले स्तव्ध भएको छु । यस दुःखद् र त्रासदीपूर्ण दुर्घटनाको तत्कालै प्रभावकारी रुपमा उद्दार कार्य अघि बढाउन नेपाल सरकारसँग अनुरोध गर्दछ,’’ सभापति देउवाले समाजिक सञ्जालमा लेख्नुभएको छ, ‘‘साथै उद्दारमा खटिन नेपाली कांग्रेसको स्थानीय पार्टीका सबै निकायलाई निर्देशन गर्दछु ।’’